तनहुँका खेलाडीहरू मनकामना गोरखकाली म्याराथनमा चम्किए

तनहुँका खेलाडीहरू मनकामना गोरखकाली म्याराथनमा चम्किए

दमौली । गण्डकी प्रदेश स्तरीय मनकामना गोरखकाली म्याराथन दौडमा तनहुँ जिल्लाका एथलेटिक्स खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर पुरुषतर्फ सनम गुरुङ प्रथम स्थान हासिल गर्न सफल भए भने महिलातर्फ विविका कुमाल द्वितीय स्थानमा रहिन्। त्यसैगरी १० किलोमिटर पुरुषतर्फ आदित्य जिसी द्वितीय र महिलातर्फ नम्रता गुरुङ तृतीय स्थान हासिल गर्न सफल भए।
५ किलोमिटर दौडतर्फ महिलामा मनकुमारी लामा प्रथम भइन् भने पुरुषतर्फ कमल वि.क. द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।

उक्त प्रतियोगितामा तनहुँका खेलाडीहरूले देखाएको उत्कृष्ट प्रदर्शनले जिल्लाको खेल क्षेत्रलाई थप उचाइमा पुर्‍याएको जिल्ला एथलेटिक्स संघले जनाएको छ। सहभागी खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणले उल्लेखनीय सफलता दिलाएको भन्दै सरोकारवालाहरूले प्रशंसा गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page