१ लाख ५० हजार घुस सहित सव-ईन्जिनियर राेकाय र कन्सल्टेन्सीका कुंवर पक्राउ:

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर १ लाख ५० हजार घुस रकम सहित पक्राउ परेका छन् । उनिहरूलाइ घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पक्राउ गरेको हाे ।

सव-इन्जिनियर रोकाय र कन्सल्टेन्सीका कुँवरलाई सेवाग्राहीबाट एक लाख पचास हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सव-इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page