डुम्रेमा लागूऔषध सहित भानुका युवक पक्राउ
प्रहरी चौकी डुम्रे तनहुँले लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
वैशाख २९ गते राति करिब ८ः३० बजे बन्दीपुर गाउँपालिका–४ डुम्रे बजार क्षेत्रमा प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भानु नगरपालिका–१ नयाँबस्ती निवासी २३ वर्षीय बिशेक परियारलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट १० एम्पुल डाइजोपाम र ५ एम्पुल ब्रुफिन गरी जम्मा १५ एम्पुल लागूऔषध बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























