प्राविधिक र गुणस्तरीय शिक्षामा काङ्ग्रेस नेता थापाकाे जाेड:

प्राविधिक र गुणस्तरीय शिक्षामा काङ्ग्रेस नेता थापाकाे जाेड:

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता चाम थापाले प्राविधिक र गुणस्तरीय शिक्षा आहिलेको आवस्यकता रहेको बताएका छन् । बिहीवार नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाइको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान  कार्यक्रममा बोल्दै थापाले शिक्षा क्षेत्रमा सुधार गर्दै जानुपर्ने बताएका हुन् । 
युवायुवतीले स्नातक, स्नातकोत्तर पढेर सकेपनि स्वदेशमा रोजगारीको अवसर प्राप्त नहुने स्थिति बनेपछि विदेशीनुपर्ने बाध्यता भएकाले त्यसलाई रोक्न स्वदेशमै रोजगारीको अवसर हुनुपर्ने भन्दै थापाले त्यो बाताबरण निर्माणका लागि राज्यले उद्योग, कलकारखाना स्थापना गर्नुपर्नेमा जोड दिए ।

इकाईका अध्यक्ष सोन आले मगरकाे अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, सदस्य मोहन गिरी, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य एबं गण्डकी प्रदेशका संयोजक बुद्ध गर्जा मगर, सहायक क्याम्पस प्रमुख डा.राम कुमार अधिकारी, प्राध्यापक विशेश्वर तिमिल्सेना, स्ववियु सभापति गौरव पन्थ लगायतको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page