म्याग्दे–१ गुणादीमा बसको ठक्करबाट रानाभाटकाे मृत्यु
तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको पर्यटक बसले बाटो क्रस गर्दै गरेका ७८ वर्षीय सम्मरबहादुर रानाभाटलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते रानाभाटलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा चिकित्सकले दिउँसो २:४० बजे मृत घोषणा गरेका थिए। बस र चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























