बिरामी बुवा बोकेर राेल्पाबाट काठमाडौं जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा, घाइतेहरू पीडामा

बिरामी बुवा बोकेर राेल्पाबाट काठमाडौं जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा, घाइतेहरू पीडामा

तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित पृथ्वी राजमार्गमा बिहीबार बिहान एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा घाइते भएकी रोल्पाको थवाङ गाउँपालिका–२ दवाङ निवासी २५ वर्षीया अन्जना बुढा मगरले दमौली अस्पतालबाट आफन्तलाई बोलाइरहेकी छन्। दुर्घटनामा उनको अनुहार, छाती, टाउको तथा दाहिने खुट्टामा गम्भीर चोट लागेको छ।
यस्तै, पूर्वी रुकुमको भुमे गाउँपालिका–७ निवासी ३६ वर्षीया चिजमाया घर्तीले बिरामी बुवालाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा दुर्घटनामा परेर आफूहरू नै घाइते भएको भन्दै बिलौना गरिरहेकी छन्। “बुवालाई अस्पताल लैजाँदै थियौं, झन् हामी सबै घाइते भयौं,” भन्दै उनले पीडा व्यक्त गरिन्।
रोल्पाबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको एम्बुलेन्स र पोखराबाट दमौलीतर्फ आउँदै गरेको मिनी ट्रक बिहीबार बिहान करिब ६:२० बजे ठोक्किँदा सात जना घाइते भएका थिए।

घाइतेहरूको दमौली र झरौटास्थित जिपीअस्पतालहरूमा उपचार भइरहेको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page