व्यास क्षेत्र, छाव्दी मन्दिर र भानुभक्त जन्मस्थल विकासका लागि करोडौं बजेट

व्यास क्षेत्र, छाव्दी मन्दिर र भानुभक्त जन्मस्थल विकासका लागि करोडौं बजेट

पुर्वीया दर्शनका अध्येता व्यास ऋषि को जन्मस्थल व्यास क्षेत्र तथा छाव्दी मन्दिर क्षेत्र विकासका लागि केन्द्र सरकारले रु. ५ करोड बजेट विनियोजन गरेको छ।
त्यसैगरी नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य को जन्मस्थलको समग्र विकासका लागि रु. २४ करोड ७८ लाख तथा भानुभक्त प्राणी उद्यान का लागि रु. २४ करोड ६० लाख बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ।


रास्वपा सभापति विश्व बास्तोला ले यी योजनाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै तनहुँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै अर्थमन्त्री स्वर्णिम वाग्ले प्रति तनहुँवासीको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page