विश्व वातावरण दिवसमा तनहुँमा वृक्षारोपण कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवसमा तनहुँमा वृक्षारोपण कार्यक्रम सम्पन्न


विश्व वातावरण दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र, तनहुँको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कर्मचारी मिलन केन्द्र, तनहुँका अध्यक्ष तथा डिभिजन वन अधिकृत मनोज रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले प्रमुख अतिथि तथा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्रका संरक्षक शिवलाल तिवारी लगायत वडा नं. ४ का वडाअध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी, बाघभञ्ज्याङ सामुदायिक वनका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जिल्ला प्रहरी कार्यालयका नेपाल प्रहरी र वन रक्षक टोलीको उपस्थिति रहेको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा वन सम्पदाको दिगो व्यवस्थापनमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए।

कार्यक्रमको सञ्चालन भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page