तनहुँमा अवैध बालुवा ढुवानी गर्ने ट्याक्टर नियन्त्रणमा, १२ हजार जरिवाना

तनहुँमा अवैध बालुवा ढुवानी गर्ने ट्याक्टर नियन्त्रणमा, १२ हजार जरिवाना

दमौली, जेठ २४ — तनहुँको व्यास नगरपालिका–७ कलेस्तीमा अवैध रूपमा नदिजन्य पदार्थ (बालुवा) उत्खनन तथा ढुवानी गर्दै गरेको एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुलेपानीबाट कलेस्तीतर्फ आउँदै गरेको ट्याक्टरलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा कानुनी कागजातबिना बालुवा ढुवानी गरेको फेला पारेपछि नियन्त्रणमा लिएको हो।
प्रहरीले उक्त सवारी साधनलाई आवश्यक कारबाहीका लागि व्यास नगरपालिका पठाएको थियो। नगरपालिकाले ट्याक्टरलाई रु. १२ हजार जरिवाना गरी छाडेको जनाएको छ।

अवैध उत्खनन तथा ढुवानी नियन्त्रणका लागि यस्ता अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page