लमजुङबाट तनहुँ सरुवा भएका प्रहरी निरीक्षक मनोज पाण्डेलाई बिदाइ

लमजुङबाट तनहुँ सरुवा भएका प्रहरी निरीक्षक मनोज पाण्डेलाई बिदाइ


लमजुङ, असार ३ – इलाका प्रहरी कार्यालय भोटेओडार मा कार्यरत प्रहरी निरीक्षक मनोज पाण्डे सरुवा भई जिल्ला प्रहरी कार्यालय तनहुँ मा पदस्थापन हुन लागेपछि एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको पत्रादेशअनुसार तनहुँमा नयाँ जिम्मेवारी सम्हाल्न जान लाग्नुभएका पाण्डेलाई सहकर्मीहरूले मायाको चिनो प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


त्यसैगरी, सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय मा जान लाग्नुभएका प्रहरी निरीक्षक अभिषेक पाण्डेलाई समेत कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले दुवै प्रहरी निरीक्षकको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए। ‘फेरि भेटौँला’ भावनासहित सम्पन्न कार्यक्रममा मायाको चिनो प्रदान गरी उनीहरूलाई बिदाइ गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page