स्कुटर दुर्घटनामा घाइते व्यास–४ निवासी अरूण न्यौपानेको निधन
व्यास नगरपालिका–४ निवासी अरूण न्यौपानेको स्कुटर दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा निधन भएको छ।
गत शुक्रबार साँझ पोखराबाट दमौलीस्थित घर फर्किने क्रममा पृथ्वी राजमार्ग अन्तर्गत सेराटार क्षेत्रमा भएको स्कुटर दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि पोखरा लगिएको थियो भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो।

उपचारकै क्रममा मंगलबार राति उनको निधन भएको प्रहरीले जनाएको छ।




























