माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा दानको ओइरो, नगद ४० लाख सहित जग्गा दान !

माझफाँटमा जारी पुरुषोत्तम महायज्ञमा दानको ओइरो, नगद ४० लाख सहित जग्गा दान !

दमौली, जेठ २९ – व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा सञ्चालन भइरहेको पुरुषोत्तम महायज्ञमा भक्तजनहरूको ओइरो लागेको छ। भक्तजनको ओइरो लागेपछि शनिबार आयोजकलाई व्यवस्थापनमा भ्याइनभ्याई भयो। महायज्ञमा हालसम्मकै धेरै नगद दान संकलनदेखि जग्गा दान समेत शनिबार भएको छ। शनिबार ठुला दानदाताहरूलाई स्वागत सम्मान स्वरूप घरमै आयोजक टिम बाजागाजा सहित पुगेको थियो। भक्तजन काे बाक्लो उपस्थिति सँगै दान पनि उत्साहजनक बनेको छ।
महायज्ञको अन्त्यतिर अर्थात् सातौँ दिन शनिबार मात्रै विभिन्न व्यक्ति तथा संघसंस्थाबाट १५ लाख रुपैयाँभन्दा बढी दान संकलन भएको छ भने हालसम्म कुल संकलन ४० लाख रुपैयाँभन्दा बढी पुगेको महायज्ञका आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले जानकारी दिए। महायज्ञमा भक्तजनको बाक्लो उपस्थिति र उत्साह तथा नगद संकलनले आयोजक समिति उत्साहित बनेको समितिका अध्यक्ष बामदेव न्यौपानेले बताए।
कथा श्रवण, धार्मिक अनुष्ठान तथा विविध कार्यक्रम अवलोकन गर्न टाढाटाढाबाट श्रद्धालु भक्तजन महायज्ञस्थल पुगेपछि माझफाँट क्षेत्र धार्मिक वातावरणले भरिएको छ। शनिबार भक्तजनको उपस्थिति अघिल्ला दिनको तुलनामा उल्लेख्य रूपमा बढेको आयोजकले जनाएको छ।
शनिबार सबैभन्दा बढी सहयोग भोजराज जम्मरकट्टेल परिवार व्यास–९ बाट रु. २,०२,२२२ रहेको छ। यस्तै मन्दिरसँगै रहेको ८ आना बहुमूल्य जग्गा इन्द्रबहादुर थापा परिवारले दान गरेका छन्। उक्त जग्गा प्राप्तिले मन्दिरको साँघुरो क्षेत्रफललाई फराकिलो बनाउने भएको छ। जग्गा प्राप्ति सँगै अब पञ्चमन्दिर बनाउन मिल्ने गरी अगाडि बढ्न सकिने बताइएको छ।महायज्ञमा सनिवार दान दिनेहरूमा छेत्री एकता संयुक्त समाज व्यास–४ (रु. ५,००५), मिनबहादुर थापा (रु. ११,०११), विष्णुमाया बस्नेत (रु. ११,००५), यमबहादुर तथा रामबहादुर बस्नेत (नारङ्गा) (रु. ११,००५), सन्तबहादुर सुनार तथा नेत्रबहादुर (रु. १०,००५), चिजबहादुर क्षेत्री (रु. २१,१२१), सुर्यलाल श्रेष्ठ (रु. ११,५०५), चन्द्रबहादुर थापा र रवीन थापा (रु. ११,१११), तारा विक (रु. ५,५००) र बेद प्रतिस्ठान नेपाल (रु. ५,५५५) ले सहयोग प्रदान गरेका छन्।
त्यसैगरी माया घर्ती (रु. ५,५५५), धनमाया कार्की (रु. ५,५५५), रामजी थापा र मैया थापा (रु. ७,१००), रुद्रबहादुर थापा (रु. ५,५५५), समुद्र घिसिङ (रु. ६,१३०), कुमारी थापा (रु. ५,१००), चिनुमाया घर्ती (रु. ५,१०५), सुना भण्डारी (रु. ५,१०५), बुद्धिबहादुर भण्डारी (रु. ५,०५०), श्रीप्रसाद भण्डारी (रु. १०,००९), मदन थापा, कास्की (रु. ११,१५१), गञ्जबहादुर कुमाल (रु. ११,१५५), हिरामाया बानियाँ (रु. २५,१५५), तीर्थ र ईश्वरी थापा (रु. ११,१११), बालकुमारी बस्नेत (रु. १२,११५), राजु र सरस्वती जीसी (रु. ५,५५५), सोमबहादुर जीसी (रु. ११,५१०), स्यान्नानी पाण्डित क्षेत्री (रु. ५,००५), विमला भण्डारी (रु. ५,०२५) तथा कृष्णभद्र आचार्य (रु. १०,१५०) ले सहयोग गरेका छन्।
यस्तै इन्द्रबहादुर खत्रि र सीता (रु. २५,५५५), पुर्णिमाया विक (रु. ११,१०५), केशरबहादुर भण्डारी (रु. ५,५५५), अनिलकुमार साह (रु. ११,१०५), ग्वालेश्वर भजन मण्डली समूह (रु. ५,०१५), हरिबहादुर थापा (रु. ९,०००), चिसापानी आमा समुह (रु. ७,०२०), प्रगतिशील युवा समाज (रु. ५,००५), रामबहादुर थापा क्षेत्री (रु. ७,५०५), दुर्गा थापा (रु. ११,००५),गिनुमाया रायमाझी (रु. ५,०६०), विमला कुँवर (रु. २०,०१०), ईश्वर बिष्ट (रु. २१,००५), भगवती आमा समूह (रु. १०,००५), अर्पिता कार्की (रु. २०,०२०), ब्रह्मदत्त वाग्ले (रु. ५,००५), खड्का कुमारी अधिकारी (रु. ५,०५०), उपल्लो नरङ्गा टोल विकास संस्था (रु. १०,१०५), सीता र सन्तोष खड्का, भानु–६ (रु. २१,५५५), केशबहादुर तथा नारायणी थापा (रु. ५,०१५), रुक्मणि न्यौपाने (रु. ५५,०५०), देवेन्द्र जीसी (रु. २१,१५५), प्रेमबहादुर तथा ताराघर्ती (रु. ११,१५५), जमुना शर्मा (रु. ८,१५५), क्षेत्री समाज तनहुँ, क्षेत्री समाज महिला समिति तनहुँ तथा व्यासनगर दमौली (रु. १५,६१०), कृष्णबहादुर बरूवाल (रु. १३,००५), चिजबहादुर भण्डारी (रु. ७,१५५), लालबहादुर कुँवर क्षेत्री (रु. २७,५५५), प्रेमबहादुर राउत (रु. ५,५५५) पूर्णबहादुर र सरिता विक (रु. ५,००५) ले सहयोग गरेका छन्।
त्यसैगरी चाँदनी महिला समूह (रु. ५,५५५), क्यामिन मावि (रु. ५,११५), परशुराम भण्डारी (रु. ५,५००), राधा वाग्ले (रु. ५,२०५), पदमकुमारी सुयाल (रु. ५,५५५), धर्मबहादुर सुयाल र पदमकुमारी सुयाल (रु. २१,१०५), सरस्वती बोहोरा (रु. ११,०१०), निरा अधिकारी थापा (रु. ५,००५), सुधीर–सम्झना थापा (रु. ५,००५), गैरी कटारे मिलिजुली आमा समूह (रु. ५,५५५), समावेशी आमा समूह (रु. १६,९०५), सम्भुलाल प्रधान (रु. ५,६५५), सिताराम कार्की (रु. ५,१०१), सम्भुलाल श्रेष्ठ र सोभिता श्रेष्ठ (रु. ११,१११), सावित्री, सान्ता, गौरी, सुष्मा भानु (रु. ११,१११), यमबहादुर तथा बसुन्धरा घर्ती (रु. ५,५००), धनबहादुर र मिना कुँवर (रु. ५,००५), पृथ्वीलाल तथा दुर्गा श्रेष्ठ (रु. २१,१०५), विष्णुकुमार श्रेष्ठ र कल्पना श्रेष्ठ (रु. २१,५५५), रामप्रसाद खनाल (रु. ५,५५५), माझफाँट टोल विकास संस्था (रु. ५५,५५५), नारायणप्रसाद न्याैपाने (रु. २१,१२१), बाबुराम भण्डारी (रु. २१,१११), माहेन्द्री मावि पूर्वविद्यार्थी समाज (रु. ११,१११), मितेरी बचत तथा ऋण सहकारी (रु. १०,१११), काजीबाबु तथा सावित्री जीसी (रु. ५५,५५५), हरिबहादुर तथा रमा जीसी (रु. २२,२२२), सिमलटार–नरङ्गा टोल विकास संस्था (रु. १०,३३३), समाज संरक्षण समिति (रु. ११,१११), छोरी–बुहारी महिला समूह (रु. १०,५५५), सीता थापा र जसोदा कुँवर क्षेत्री (रु. १०,१११), बद्री शर्मा (रु. ५,००५), रामबहादुर थापा (रु. ५,५५५), पूर्णबहादुर थापा (रु. ५,१०१), सरोज घर्ती (रु. ५,५५५), रुद्रबहादुर कार्की (रु. ६,१२५), दीपक कार्की (रु. ५,५५५), लक्ष्मी घर्ती (रु. २६,१०२), कृष्णमाया बानियाँ , कदबहादुर कार्की ६१२५ , दिपक कार्की (रु. ५,०५५), कृष्णबहादुर थापा (रु. ९,००५), रमा वाग्ले (रु. १०,११५), चेतबहादुर घर्ती (रु. ५,५५५) तथा ज्ञानेन्द्र घर्ती (रु. ५,१०५) ले सहयोग प्रदान गरेका छन्।
यस बाहेक अन्य धेरै भक्तजन तथा शुभेच्छुकहरूले पनि आर्थिक तथा नैतिक सहयोग प्रदान गरिरहेका व्यास ९ का वडा सदस्य तथा महायज्ञ सफल बनाउन सक्रिय रूपमा खटिएका सन्तोष जिसीले जानकारी दिए।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा जेठ २४ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३१ गते सकिने समितिका सदस्य भोटबहादुर थापाले बताए। महायज्ञमा १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेले दैनिक कथा वाचन गरिरहेका छन्।
समिति अध्यक्ष बामदेव न्यौपानेको अध्यक्षतामा सञ्चालन भइरहेको महायज्ञमा सहजीकरण भोटबहादेव थापाले गरिरहेका छन्। मन्दिर संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन तथा पञ्चमन्दिर निर्माणका लागि आवश्यक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आर्थिक संयोजक नारायणप्रसाद न्यौपानेले बताए।


महायज्ञ सफल बनाउन स्थानीयवासी, युवा, आमा समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहयोग रहेको वडा सदस्य सन्तोष जिसीले बताए। महायज्ञ अवधिभर सहभागी भई धार्मिक लाभ लिन आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन्। महायज्ञ आइतबार समापन हुने भएको छ र समापन कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका का प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष सुरेश थापाले गर्ने तय भएको वडा सदस्य सन्तोष जिसीले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page