तनहुँमा टिप्पर दुर्घटनामा चालकको मृत्यु
तनहुँ, असार ८ । तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा स्थित भित्री सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
ग १ क ५४६६ नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पोखरा पठाइएकोमा साँझ ५:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

यता, मिति २०८३ असार ७ गते बिहान ६ बजेदेखि असार ८ गते बिहान ६ बजेसम्म पोखरा–मुग्लिङ सडकखण्डमा १ वटा सवारी दुर्घटना भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन्, जसमा १ जनाको अवस्था मध्यम र १ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचार भइरहेको छ भने दुर्घटनामा एक मोटरसाइकलमा सामान्य क्षति पुगेको छ। तस्बिर सांकेतिक




























