दमौलीमा १८ वर्षपछि DDC का उत्पादन पुनः उपलब्ध

दमौली, तनहुँ । दुग्ध विकास संस्थान (DDC) का विभिन्न दुग्धजन्य उत्पादनहरू दमौलीमा १८ वर्षपछि पुनः उपलब्ध भएका छन्। व्यास नगरपालिका–२ भाेर्लेटारचोकस्थित थ्री एसएस स्टोर्सले अब DDC का उत्पादनहरू आधिकारिक रूपमा बिक्री सुरु गरेको हो।
स्टोर्समार्फत दही, कप दही, लिटर दूध, मोही, पनिर, रसबरी, आइसक्रिम, याक चीज, मखन, लालमोहन, फ्रेस मिल्क लगायतका उत्पादनहरू उपभोक्ताले सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।
स्टोर्सका सञ्चालक लक्ष्मण कट्टेलका अनुसार थ्री एसएस स्टोर्स अब DDC का उत्पादनहरूको आधिकारिक डिलरसमेत बनेको छ। उनले दमौली क्षेत्रमा लामो समयपछि सरकारी दुग्ध उत्पादन पुनः उपलब्ध गराउन सफल भएको बताए।

कट्टेलका अनुसार दमौलीमा करिब १८ वर्षपछि DDC का उत्पादन पुनः बिक्रीमा ल्याइएको हो, जसले स्थानीय उपभोक्तालाई गुणस्तरीय दुग्धजन्य वस्तु सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।



























