तनहुँमा घ्यू खाँदा ९ बटुक बिरामी

तनहुँमा घ्यू खाँदा ९ बटुक बिरामी

डुम्रे, ११ असार । डुम्रेस्थित एक पूजा सामग्री पसलबाट खरिद गरिएको घ्यू सेवन गरेपछि ओमकार आयुर्वेद गुरुकुलका ९ जना बटुक बिरामी परेका छन्।


घ्यू खाएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि बिरामी परेका बटुकहरूलाई उपचारका लागि बन्दिपुर अस्पताल लगिएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
घटनापछि स्थानीयवासी तथा सरोकारवालाले उक्त घ्यूको गुणस्तर परीक्षण गर्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। खाद्य वस्तुको गुणस्तरमा लापरवाही भए/नभएको विषयमा अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न समेत आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page