ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापाको तीज कोसेली ‘नाच खुरुक्कै’ असार ३१ गते सार्वजनिक हुने

ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनु थापाको तीज कोसेली ‘नाच खुरुक्कै’ असार ३१ गते सार्वजनिक हुने

दमौली। ऋषिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा को अभिनय रहेको नयाँ तीज गीत ‘नाच खुरुक्कै’ यही असार ३१ गते बेलुका ५ बजे सार्वजनिक हुने भएको छ।
गायनमा प्रेम बिबस घर्ती, दीपिका बायाम्बु र गिनुमाया थापा को स्वर रहेको गीत प्रेम बिबस घर्तीको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जानकारी दिइएको छ।
गीतमा शब्द तथा संगीत प्रेम बिबस घर्ती कै रहेको छ भने एरेन्ज खेमराज गौतम ले गरेका छन्। गीतको कोरियोग्राफी तथा निर्देशन विजय पुन ले गरेका हुन्।
म्युजिक भिडियोमा गिनुमाया थापा, विजय पुन, सञ्जना गुरुङ, करिश्मा बुढा मगर र दिपेश घर्ती मगर लगायत कलाकारहरूको अभिनय रहेको उपाध्यक्ष थापाले बताइन् ।

उपाध्यक्ष थापाले तीज पर्वको अवसरमा तयार गरिएको यस सांगीतिक कोसेलीलाई सबै शुभचिन्तकले असार ३१ गते साँझ ५ बजे प्रेम बिबस घर्तीको युट्युब च्यानलमार्फत हेरी साथ, सहयोग र माया दिन आग्रह गरेकी छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page