आँबुखैरेनी गाउँपालिकाले ल्यायो ६४ करोड ८ लाखभन्दा बढीको बजेट
आँबुखैरेनी, असार १० । आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६४ करोड ८ लाख २ हजार ८४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
गाउँसभाको १९औँ अधिवेशनअन्तर्गत सम्पन्न दोस्रो बैठकमा गाउँसभा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक दुर्गा आर्यालले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको हो।
प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राख्दै पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, उत्पादन र रोजगारी अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य बजेटले लिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार आगामी वर्षको बजेटले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमहरू कार्यान्वयनमा जोड दिनेछ। गाउँपालिकाले “समृद्ध आँबुखैरेनी, सुखी नागरिक” को लक्ष्य हासिल गर्न बजेटमार्फत विभिन्न विकास योजना अघि सारेको जनाएको छ।



























