आबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

आबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँकाे आबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान गरिएको छ ।गाउँपालिका अध्यक्ष शुक्र चुमानको अथक प्रयास र समन्वय पश्चात् नेपाल सरकार स्वास्थ आपूर्ति व्यवस्थापन महाशाखा टेकु काठमाडौ वाट २ थान डायलाइसिस मेसिन प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले छिट्टैनै अव आबुखैरेनी अस्पताल नेपाल सरकारवाट विपन्न नागरिक कार्यक्रममा (डायलाइसिस) सुचिकृत हुने भन्दै सुचिकृत भए पश्चात् प्रती उपचार सेसन २५०० सम्म नेपाल सरकारले अस्पताललाई उपलव्ध गराउने बताएको छ ।
डायलाइसिस मेसिनकाे लागि सहजीकरण र पहल गर्नुहुने ने. क. पा.माओबादी केन्द्र केन्द्रीय कोषाध्यक्ष/कार्यालय सचिब श्रीराम ढकाल (प्रशान्त), प्रधानमन्त्री सचिवालय सदस्य, शिव खकुरेल/मनहरि तिमिल्सिना,स्वास्थ विभागका प्रमुख, आपूर्ति महाशाखा लगायत सम्पुर्ण पदाधिकारी हरु प्रति गाउँपालिकाले आभार प्रकट गरेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page