खानेपानीकाे श्राेत बढाउन सम्पवेल थप्दै दमौली खानेपानी !
शहरी खानेपानी आयाेजनाबाट खानेपानी सुधार , विस्तार अन्तर्गत दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्रोत बढाउनका लागि सम्पवेल थपकाे काम अगाडि बढेको छ ।


स्रोत बढाउनका लागि मादी नदी किनारमा थप सम्पवेल निर्माण कार्य सुरु गरिएको हाे । मंगलबार देखि थप सम्पवेलको निर्माण कार्य सुरु हुँदा पुजापाठ समेत गरिएको थियो ।


सम्पवेल निर्माण कार्य सुरु गर्ने क्रममा संस्थाका पूर्व अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । सम्पवेल निर्माण कार्य सम्पन्न भएसगै दमौलीमा खानेपानी वितरणमा थप सहजता हुने संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठको भनाई रहेको छ । दमौलीमा देखिएको खानेपानीको समस्या समाधानका लागि वर्तमान कार्य समिति अहाेरात्र खटिएको समेत अध्यक्ष श्रेष्ठले बताएका छन् ।













































