कराँतेका राष्ट्रिय रेफ्रीहरूलाइ दमाैलीमा सम्मान

कराँतेका राष्ट्रिय रेफ्रीहरूलाइ दमाैलीमा सम्मान

नेपाल कराँते महासंघ गण्डकी प्रदेश र नेपाल कराँते महासंघ तनहुँको संयुक्त आयोजनामा कराँतेका राष्ट्रिय रेफ्रीहरुलाई दमौलीमा सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा मनिराज थापा , किशोर राज खनाल , विश्वकुमार बुढा, नविन थापा, प्रेम श्रेष्ठ, श्रीप्रसाद पुलामी, महादेव रानाभाट, कमलकुमार थापा, विवेक थापा, विजय राना गरि १० जना रहेका छन् ।

बिहिबार एक कार्यक्रम आयोजना गरी राष्ट्रिय रेफ्रीहरुलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले राष्ट्रिय रेफ्रीहरु भएकोमा तनहुँका लागि गौरवको विषय भएको बताउँदै उनीहरूलाई सम्मान गरेका थिए ।

नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा ब्यास ३ का अध्यक्ष अनुप राना , ऋषिङ्ग गापा १ का अध्यक्ष कुश थापा , खेलकुद बिकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डे , भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनार , टेबलटेनिस गण्डकी प्रदेश सदस्य कबिराज श्रेष्ठ , सिद्धान्त गर्जा मगर ,एज बि मगर लगायतकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page