लियो कप फुटबलको उपाधि लायन्स क्लव दमाैलीलाइ

लियो कप फुटबलको उपाधि लायन्स क्लव दमाैलीलाइ


लियो क्लब अफ तनहुँद्वारा आयोजित छैठौं लियो कप सेभेन ए साइट फुटबल प्रतियोगिताकाे उपाधि लायन्स क्लव अफ तनहुँ दमाैलीले जितेको छ । सनिवार भएको फाइनल खेलमा राेटर्याक्ट क्लव दमाैलीलाइ पराजित गर्दै लायन्सले उपाधि जितेको हाे । उपाधि जितेको लायन्सले २५ हजार ५ सय ५५ तथा उपविजेता राेटर्याक्टले १५ हजार ५ सय ५५ प्राप्त गरेका छन् ।

फाइनल खेलकाे निर्धारित समयमा दुबै टिमबाट १/१ गाेलकाे बराबरी भए पछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा लायन्सले उपाधि जितेको हाे । सुक्रवार र सनिवार गरि दुई दिन चलेकाे प्रतियोगिता दमाैलीकाे वीपी बनवाटिका खेलमैदानमा भएको थियो ।

लियो क्लव अफ तनहुँकि अध्यक्ष बसन्ती थापाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपाने प्रमुख अतिथि रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page