तनहुँका स्थानीय तहमा खानपिन ,जीवनशैली र पाेषण सम्बन्धि प्रशिक्षण दिँदै डा.पाैडेल

तनहुँका स्थानीय तहमा खानपिन ,जीवनशैली र पाेषण सम्बन्धि प्रशिक्षण दिँदै डा.पाैडेल

तनहुँका स्थानीय तहका प्रमुख , उपप्रमुख ,वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरू लाइ खानपिन ,जीवनशैली र पाेषण सम्बन्धि प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय तनहुँकाे आयोजना तथा स्थानीय तहको समन्वयमा भएको प्रशिक्षणमा सरोकारवालाहरूलाइ सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डाक्टर विनोद पाैडेलले प्रशिक्षण दिएका छन् । निर्देशक डाक्टर पाैडेलले विशेषगरी तौल नियन्त्रण गर्ने , खानपान तथा जीवनशैलीमा सुधार गर्ने ,पाेषण लगायतका विषयमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा खाना नै हाम्रो औषधि हो भन्ने मान्यतालाइ स्थापित गर्दै शारीरिक अभ्यासमा डाक्टर पाैडेलले जोड दिएका छन् । शारीरिक अभ्यासले ह्याप्पी हर्मोनहरु बढाउने , धेरै रोगबाट बचाउने औषधिविहीन उपचार पद्धति भएको भन्दै हाम्रो खराब जीवनशैलीका कारण शरीरमा रोग लाग्ने हुनाले त्यसतर्फ ध्यान दिन निर्देशक पाैडेलले आग्रह गरेका छन् ।

त्यो सँगै आरामको कमी, शारीरिक अभ्यासको कमी, गलत खानपान, तनावयुक्त जीवन लगायतका कारणले मानिस रोगी हुने हुनाले आजको समयमा जीवनशैली परिवर्तन गर्नु आवश्यक रहेको डाक्टर पाैडेलले बताएका छन् । मृत्युका प्रमुख कारणहरु बनिरहेका मुटु रोग , क्यान्सर, स्ट्रोक जस्ता रोगहरुको मुख्य कारण खराब जीवनशैली हो भन्दै पाैडेलले खानपान र जीवनशैली सुधारबारे विशेष जोड दिएका छन् ।

स्वास्थ्य कार्यालय तनहुँको बिसादी रहित तथा पोसण सम्बन्धि कार्यक्रम अन्तर्गत तनहुँका ब्यास , भानु , बन्दीपुर , आबुखैरेनी , देवघाट तथा भिमाद लगायतका पालिकामा यश कार्यक्रम भइरहेको छ ।

यस्तै डाक्टर पाैडेलले गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र दमौलीमा प्राकृतिक चिकित्सा, योग, जीवनशैली सम्बन्धी प्रशिक्षण समेत दिइसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page