क्षत्री समाज वन्दीपुरकाे अध्यक्षमा कृष्णबहादुर

क्षत्री समाज वन्दीपुरकाे अध्यक्षमा कृष्णबहादुर

क्षत्री समाज नेपाल बन्दीपुरकाे अध्यक्षमा कृष्ण बहादुर थापा चयन भएका छन् । समाजको दोस्रो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । समितिकाे उपाध्यक्षमा बावुराम जीसी , महिला उपाध्यक्षमा पुजा अर्जेल , सचिवमा दिपक बहादुर बानिया , सहसचिवमा सुरेन्द्र केसी र काेशाध्यक्षमा मधु घिमिरे चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा रिमबहादुर कार्की , शिव बहादुर थापा , केशरबहादुर कुंवर , हरिमाया थापा , प्रेमबहादुर अधिकारी र दानबहादुर खड्का चयन भएकाे क्षेत्री समाज व्यास नगर अध्यक्ष शंकर अधिकारीले बताए ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा केन्द्रिय सदस्य राम बहादुर अधिकारि रहेका थिए भने विशिष्ट अतिथी शम्भु बहादुर अधिकारी रहेका थिए । यस्तै जिल्ला उपाध्यक्ष प्रेम बहादुर राउत जिल्ला सचिब हरिबहादुर कार्की सह-सचिब मन्जु थापा, ब्यास नगर अध्यक्ष शंकर अधिकारी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page