भूपू सैनिक क्लव द्वारा प्रजिअ गाैतम र प्रहरी प्रमुखलाई स्वागत
नेपाल भूतपूर्व सैनिक क्लव तनहुँले मंगलबार दमाैलीमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम र प्रहरी नायब उपरीक्षक दिपक कुमार रायलाइ स्वागत एवम् सम्मान कार्यक्रम गरेको छ ।


शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले भूपू सैनिक क्लव तनहुँले सबै भूपूहरूलाई गाेलवद्ध र एकताबद्ध कायम गर्दै अगाडि बढेको बताए । भूपूहरूले विभिन्न विपदमा परेका मानिसहरूलाइ सहयोग गर्ने देखि अन्य थुप्रै सामाजिक कामहरू गर्दै आएकाे पाएको भन्दै प्रमुख अतिथि गाैतमले भूपू हरूकाे खुलेर प्रशंसा गरेका थिए ।


युवा अवस्थामा फाैजमा संलग्न भएर बगाएको रगत पसिना सामान्य बिषय नभएको भन्दै प्रजिअ गाैतमले भूपूहरूले देशको गरिमा बढाउने काम गरेको बताए ।
भूपू हरूले विभिन्न देशमा अदम्य साहस गरि फाैजी जीवन विताएर पेन्सनमा आएकाे र पेन्सन पाउने सन्दर्भमा आफुले सक्दो सहज बनाउन लाग्ने उनले बताए ।भूपू हरूले अनुशासन , मैत्रीपूर्ण एकता र भाइचाराकाे सम्बन्ध कायम गर्दै आएकाे बिषय महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।

कार्यक्रमकाे बारेमा प्रकाश पार्दै संघका पुर्व अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठले खानेपानी , स्वास्थ्य , खेलकुद लगायतका क्षेत्रमा भूपू हरूले काम गर्दै आएकाे जानकारी दिए । बाढी पहिराेले तथा भुकम्पले क्षति पुर्याएकाे बेला , देशका विभिन्न क्षेत्रमा पुगेर भूपूहरूले सहयोग गरेको चर्चा गर्दै क्याप्टेन श्रेष्ठले शिक्षाको क्षेत्रमा , विपन्न असहायहरूलाइ खाद्यान्न सहयोग गर्ने बारेमा र पेन्सनर हरूलाइ नाम थर नमिलेर दुख पाएको बेलामा भूपू सैनिक संघले काम गर्दै आऐकाे बताए ।

कार्यक्रममा व्यास नगरपालिका वडा नं ९ का अध्यक्ष सुरेश थापाले तनहुँ भूपू सैनिक क्लवले नमुना काम गर्दै आएकाे बताए । विपदकाे बेलामा धेरै ठाउँमा सहयोग गरेको र क्लबकाे गतिविधि उत्कृष्ट रहेको थापाकाे भनाइ थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष क्याप्टेन सुर्जकुमार मल्ल , ल्याप्टेन देवबहादुर गुरूङ , केन्द्रीय सदस्य सुवेदार मेजर सुर्यबहादुर थापाले भूपूहरूले नाम थर नमिलेर दुख पाउने बाताबरणकाे अन्त्य गरि सहज बाताबरण गराइदिनुहुन आग्रह गरेका थिए ।

क्लवका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन सहबिर उचाइ ठकुरीले स्वागत तथा निवर्तमान अध्यक्ष क्याप्टेन सुर्जकुमार मल्लले धन्यवाद र सचिव सुवेदार मदराज मल्लले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।
उक्त अवसरमा भूपू सैनिक जमान सिंह गुरूङका आफन्त मध्यनेपाल नगरपालिका वडा नं ६ का किड्नी बिरामी राेशन गुरूङलाई प्रजिअ गाैतमकाे हातबाट १३ हजार ७ सय २५ नगद सहयोग गरिएको थियो । यस्तै कार्यक्रममा अध्यक्ष क्याप्टेन तारा मल्लले प्रमुख जिल्ला अधिकारी गाैतम र प्रनाउ दिपक कुमार रायलाई मायाको चिनाे प्रदान गरेका थिए ।
























