म्याग्देका कृषकलाई पावर स्प्रे मेसिन वितरण

म्याग्देका कृषकलाई पावर  स्प्रे मेसिन वितरण

म्याग्दे गाउँपालिकाका सुन्तला खेती गर्ने कृषकलाई पावर स्प्रे वितरण गरिएको छ । म्याग्दे गाउँपालिका सुन्तला खेतिको लागि अति नै सम्भावना बोकेको पालिका भएको हुँदा सुन्तला खेति गर्ने कृषकहरुलाई सुन्तलाको बोट किराहरुको संक्रमणबाट बचाउनका लागि ५० प्रतिशत अनुदानमा औषधि छर्ने पावर स्प्रे वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा जम्मा १७ जना कृषकहरुबाट उक्त अनुदानको प्रस्ताव आव्हान भएकोमा हालसम्म ९ जना कृषकलाई मात्र मेसिन उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page