बन्दिपुरकाे कटुसे रहमा बन्ने माेटरेवल पुलको पुर्व मन्त्री चुमान द्वारा शिलान्यास
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं २ खुदी खोला स्थित कटुसे रहमा बन्ने मोटरेवल पुलको शिलान्यास गरिएको छ ।
७ करोड ४६ लाख १० हजार ५ सय २० रुपैयाँ ३७ पैसा लागतमा उक्त बन्ने भएको हाे । गण्डकी प्रदेश भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय तनहुँले उक्त पुल निर्माण गर्ने भएको हाे ।


सोमबार तनहुँ क्षेत्र नम्बर १ (१)का प्रदेश सांसद एवं पूर्वमन्त्री हरिबहादुर चुमानले उक्त पुलको उद्घाटन गरेका छन्।


उक्त पुल निर्माणको लागि २०८० फागुन १६ गते तामाकोशी सुरु जेबी कागेश्वरी मनहरा सँग सम्झौता भएको थियो । २५ मिटर लम्बाइ भएको उक्त पुल २०८२ भदौ ११ गते सम्पन्न गर्नुपर्ने छ ।



























