म्याग्देकाे पहिचानको लागि प्रथम म्याग्दे महाेत्सव !
तनहुँकाे म्याग्दे गाँउपालिका–४ स्थित थर्पुबजारमा प्रथम म्याग्दे महोत्सव २०८१ हुने भएको छ । म्याग्देकाे पहिचानको लागि यही जेठ २५ गतेदेखि असार २ गतेसम्म महोत्सव हुने थर्पु युवा क्लबका अध्यक्ष नवराज हमालले बताए । थर्पु युवा क्लवकाे आयाेजनामा हुने महाेत्सवकाे बारेमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष हमालले समग्र म्याग्देलाइ चिनाउन र यहाँको उत्पादन लाई बजारिकरण गर्न महाेत्सव आयाेजना गरिएको बताए ।

बिगतदेखि ठुलो व्यापारिक क्षेत्र तथा कला संस्कृतिको हिसाबले पनि प्रसिद्ध थर्पु बजारमा पछिल्लो समय सुस्ताएको महसुस गरि उक्त भेगमा पुनः व्यापारिक तथा सांस्कृतिक गतिविधि चलायमान बनाउन महोत्सव आयोजना गरिएको अध्यक्ष हमालकाे भनाइ थियो ।

म्याग्दे क्षेत्रको व्यापार चलायमान बनाउन, स्थानीय कृषि उत्पादन लगायतका सम्पूर्ण व्यापार व्यवस्थापन गर्न, थर्पु बजारलाई म्याग्देको प्रमुख व्यापारिक क्षेत्रको रूपमा स्थापित गर्न, स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्न, राष्ट्रिय कलाकार तथा खेलाडीलाई स्थानीयसँग सात्क्षात्कार गराउन, समाजमा रहेका दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्न तथा क्लबको नेतृत्वमा बन्न लागेको खेल मैदानलाई अगाडि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हाे हमालले भने । साथै प्राकृतिक सम्पदा संरक्षण एवम् प्रवर्द्धन ऐतिहासिकक तथा धार्मिक स्थलको संरक्षण तथा होमस्टे प्रवद्र्धनमा पनि महोत्सवले सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।

“कला र संस्कृतिको संरक्षण आर्थिक सामाजिक कृषि,पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित महोत्सवमा एक सय स्टल राख्ने तयारी भइरहेको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक गौरवराज रानाले जानकारी दिए । कुल स्टल मध्ये १० वटा स्टल कृषि, हस्तकला लगायतका स्थानीय उत्पादनका लागि निशुल्क प्रदान गरिने उनले बताए ।

महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता र म्याग्दे स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता हुने संयाेजक रानाले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवबाट भएको मुनाफा म्याग्दे क्षेत्रका शिक्षा, स्वास्थ तथा कृषिमा सहयोग गर्ने योजना रहेको अध्यक्ष हमालले जानकारी दिए । महोत्सवमा प्रवेशका लागि बच्चालाई रु.५० र अन्यलाई ८० रुपैयाँको टिकट लाग्ने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर ५० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
प्रथम पटक आयोजना गरिएको उक्त महोत्सव सफल भएको खण्डमा क्लबले यसलाई हरेक वर्ष निरन्तरता दिने योजना समेत बनाएको अध्यक्ष हमालले बताए ।
पत्रकार सम्मेलनमा क्लवका सचिव राजन नेपाली लगायतका पदाधिकारी एवम् सदस्यहरूकाे सहभागीता रहेको थियो ।

























kina magdiya online bata chale na media ??
ke hamro nam ko page dheknu vako thiye na ??
fb : https://www.facebook.com/tanahunpressoffical
note: tyo hami le paila rakhera ko nam ho hai.
hajur ko page recomended hunna dhukka hunu nam rakhera ne
म्याग्दे अनलाइन नाम उस्तै भएकोले दर्ता नभएको हाे, तनहुँ प्रेस काठमाडौ प्रेस नेपाल प्रेस यि सबै दर्तावाल चलेका हुन याे पेज हाेइन ।