म्याग्देमा विश्व वातावरण दिवस मनाइयो

म्याग्देमा विश्व वातावरण दिवस मनाइयो

तनहुँको म्याग्दे गाउँपालिकाले विविध कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएको छ । बुधबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको प्राङ्गणमा विभिन्न किसिमका बिरुवाहरू रोपेर दिवस मनाएका छन् ।

बाताबरण मैत्री, स्थानिय शासनको परिकल्पना, भुक्षय तथा बाढीपहिरो न्युनिकरण र स्वच्छ बाताबरण बनाउने उद्धेश्य अनुरुप विभिन्न जातका बिरुवा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । उनले हरियाली बनाउन बृक्षरोपण अभियान थालिएको भन्दै सबैले यस्तो कार्यमा सहभागीता जनाउन आवस्यक रहेको बताए ।

“हाम्रो भूमि, हाम्रो भविष्य” भन्‍ने राष्ट्रिय नाराका साथ देशव्यापी रूपमा याे दिवस मनाइएकाे छ ।
मरुभूमिकरण र खडेरीबाट भूमिको पुनर्स्थापना गरी पारिस्थितिक प्रणाली पुनर्स्थापना गर्ने विषयमा केन्द्रित रहेको यस दिवसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्ने विश्‍वास लिइएको छ ।


वृक्षारोपण कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका जनप्रतिनिधि एवम् कर्मचारी केा सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page