आँबुखैरेनीमा स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा स्रष्टा  सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा शनिबार स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। 


कला साहित्य संस्कृतिको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ स्थापना भएको आबुखैरेनी स्रष्टा समाजले विभिन्न विधागत पुरस्कारहरू समर्पण गरेको हो।
संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार एवम् पत्रकार मोहन दुवाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि आबुखैरेनी गाउँपालिकाका प्रमुख सुक्र चुमान, साहित्यकार नवराज लुइटेल,अम्बिका अर्याल,माणिकरत्न शाक्य रहेका थिए ।

यस्तै कार्यक्रममा जीवन्त जीवन्त, नरेन्द्र थापा, रमेश प्रभात,भीम रानाभाट ९ज्यालादारी०,डा शान्ति माया गिरी, हरि प्रसाद चौलागाई,जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराई लगायत सत्तरी भन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
सोही कार्यक्रम मार्फत साहित्यिक पुरस्कार अन्तर्गत आबुखैरेनी बाङमय पुरस्कार कवि गौरी दाहाल ९देवकोटा० लाई प्रदान गरिएको थियो। इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार शिवहरि नेपाल ९बैरागी० लाई साथै समाजसेवामा सक्रिय व्यक्तित्वलाई प्रदान गरिने पुरस्कार कृष्णदास , चेत कुमारी पुरस्कार डोल वहादुर थापालाई प्रदान गरिएको थियो। 


यसैगरी महेश कुमार श्रेष्ठ प्रतिभा पुरस्कार द्रव्य शाह बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय तर्फ २०७८ सालमा सर्वोकृष्ट हुन सफल यसमाया थापा र वर्ष २०७९ मा व्यवस्थापन संकायतर्फ उत्कृष्ट मेलिना भट्टलाई प्रदान गरिएको थियो। द्रव्य शाह बहुमुखी क्याम्पसको शिक्षा संकाय तर्फ सर्वोत्कृष्ट अङ्क ल्याउन सफल २०७८ सालमा ओम माया मगर र वर्ष २०७९ सालमा सर्वोकृष्ट उषा थापा मगर लाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो।


पुरस्कार छनौट समितिका संयोजक तेज विलाश अधिकारीले पुरस्कृतहरूको नाम छनोट गर्नु निकै जिम्मेवारीपूर्ण रहेको र यसलाई निर्वाह गर्न सम्पूर्णको साथ आवश्यक रहेको जानकारी गराएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page