स्याङ्जा तनहुँ सम्पर्क सदनको अध्यक्षमा बिकास:

स्याङ्जा तनहुँ सम्पर्क सदनको सनिवार सम्पन्न अधिवेशन बाट अध्यक्षमा बिनोद बिक `बिकास सर्वसम्मत चयन भएका छन् । यस्तै समितिकाे उपाध्यक्षमा भिमप्रसाद ढकाल र लक्ष्मी तथा सचिबमा कृष्ण गिरी र कोषाध्यक्षमा ईन्द्र वाग्ले चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा महेन्द्र राज शर्मा ,भेषराज तिवारी लगायतका रहेका छन् । यश अगाडि सदनका अध्यक्ष नारायण सापकोटाकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्याङ्जा बाट तनहुँ बसाइँसराइ या कामको सिलसिलामा आएका हरू बिच परिचयात्मक कार्यक्रम सँगै साँस्कृतिक कार्यक्रम र नाचगान भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page