दोश्रो आँबुखैरेनी कप-२०८० को उपाधि आयोजक अल स्टार क्लबलाई:

आयोजक अल स्टार क्लब आँबुखैरेनी तनहुँले दोश्रो आँबुखैरेनी कप-२०८० इलाभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सनिवार भएको फाइनल खेलमा नव युवा क्लब व्यास-१, हाईस्कुलटार दमौलीलाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक अल स्टार क्लबले दोश्रो आँबुखैरेनी कपको उपाधी हात पारेको हो ।

गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको फाइनल खेल जिते संगै आयोजक अल स्टार क्लबले नगद रु. २ लाख, ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता नव युवा क्लब व्यास-१, हाईस्कुलटारले नगद रु. १ लाख, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page