ऋषिङ गाउँपालिकाकाे अनुमानित बजेट ५२ करोड २४ लाख
तनहुँको ऋषिङ गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५२ करोड २४ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ६३ प्रतिशत चालु र ३७ प्रतिशत पुँजिगत बजेट रहेको छ ।

गाउँसभाको १६ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गिनुमाया थापाले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकि हुन् ।

त्यस्तै पालिकाले कृषि,संस्कृति,पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले “ऋषिङ समृद्धिको आधार , कृषि,संस्कृति,पर्यटन र पूर्वधार भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख गरे ।






























