ढुंगाले लागेर निधन भएका पुलामीकाे परिवारलाई ऋषिङ काे ५० हजार सहयोग
ढुंगा खसेर लागि मृत्यु भएका ऋषिङ गाउँपालिका वडा नं १ मालिङ्ग निवासी रेख बहादुर पुलामीकाे परिवारलाई ऋषिङ गाउँपालिकाले ५० हजार सहयोग गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष एवं ने.का. तनहुँका उप-सभापती राजेन्द्र कृष्ण श्रेष्ठले ऋषिङ गाउँपालिकाको तर्फबाट विपतमा परि निधन हुनुहुने रेख बहादुर पुलामीका परिवारलाई रु ५० हजार सहयोग गरेका हुन् ।

सहयोग कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री एवं ने.का. तनहुँका सभापती जित प्रकाश आले, ने.का. तनहुँका जिल्ला सदस्य मोहन गिरी, ने.का. तनहुँ२(२) का सभापती इन्द्र बहादुर आले, ने.का. ऋषिङ का का.सभापती श्री बहादुर आले, वडा नं१का अध्यक्ष कुश बहादुर थापा, कार्यपालिका सदस्य एवं ने.का. ऋषिङ-१का सभापती सबिना राना,वडा सदस्य धन बहादुर आले, शिक्षक संघ ऋषिङ्गका अध्यक्ष केशर थापा मगरकाे उपस्थिति रहेको थियो ।

यस्तै ने.का. ऋषिङ-१ का नि. सभापती प्रितम थापा, कर्मचारी विनोद रानाभाट, ने.वि.संघ तनहुँका जिल्ला सदस्य बुद्ध गर्जा मगर, रिम ब आले, स्वावियु भानुभक्तका सदस्य सुनिल रानाभाट, चण्डी माई आमा समुहका अध्यक्ष दलिसरा थापा, उपाध्यक्ष दलसरा थापा लगायत टोलबासीको उपस्थिती रहेको थियो ।
























