श्रीपञ्चमीकाे अवसरमा ज्ञान वाटिका मन्टेश्वरीकाे विद्यार्थी भर्नामा शतप्रतिशत छुट:

श्रीपञ्चमीकाे अवसरमा व्यास ३ सृजना टाेल दमाैलीमा रहेको ज्ञान वाटिका मन्टेश्वरी स्कुलले प्ले ग्रुपको भर्ना शुल्कमा शतप्रतिशत छुटकाे व्यवस्था गरेको छ । ज्ञानवाटिकाले सरस्वती पुजाकाे पावन अवसरमा साना बाबुनानीकाे अक्षरारम्भ सहित विविध कार्यक्रमका साथ विद्यार्थी भर्नामा शतप्रतिशत छुटकाे व्यवस्था गरेको सञ्चालक एवम् शिक्षिका कमला पाैडेलले बताइन् ।

ज्ञान वाटिकामा ससाना बाबु नानीलाई खेल्ने प्रयाप्त ठाउँ भएको र शैक्षिक बाताबरण बालमैत्रि रहेकोले अधिकांश अभिभावककाे राेजाइमा पर्न सफल भएको पाैडेलले बताइन् । यस्तै बच्चालाई दिइने खाजा अर्गानिक हुने र प्रत्येक बच्चालाई निगरानी र उचित स्याहारसुसारकाे लागि प्रयाप्त स्टाफहरू भएकोले यहाँ धेरैको प्राथमिकतामा पर्ने अर्कि शिक्षिका माेती मगरले बताइन् ।

विगत लामो समयदेखि आफ्नाे बाबुनानीलाई भर्ना गरेकि अभिभावक अन्जु अधिकारीले यहाँको वातावरण अत्यन्तै राम्रो र बालमैत्रि रहेकोले ज्ञानबाटिका राेजाइमा परेको बताइन् । मलाई त त्यहाँको मिसहरू अभिभावक नैँ हाे जस्तो लाग्छ , किनकि अभिभावक सरहकै भुमिका निभाउनुहुन्छ अधिकारीले थपिन् ।

यस्तै अर्कि अभिभावक सृजना रानाभाटले मेरो बाबू समुहमा बाेल्न , घुलमिल हुन अफ्ट्यारो मान्दथ्याे तर अहिले यहाँ राखेपछि निकै टाठाे र साथीहरू सँग घुलमिल भएको पाउँदा खुसि लागेको बताइन् । बच्चाहरूलाइ उनिहरूकाे चाहना र उमेर अनुसारको सिकाइ यहाँको महत्त्वपूर्ण पक्ष रहेको रानाभाटकाे भनाइ छ । यस्तै आफै खानेकुरा खानुपर्छ भन्ने ज्ञान पनि राम्रोसँग सिकेको हुँदा घरमा समेत सजिलो भएको रानाभाटले थपिन् ।

बिद्यालयमा सिट संख्या सिमित रहेकोले समयमै आफ्ना बाबुनानिलाइ भर्ना गर्न ल्याउन मन्टेश्वरिकि अर्कि शिक्षाका सुवर्ण थापाले आग्रह गरेकि छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page