पाल्पा जिप दुर्घटनामा ७ जनाको मृत्यु
पाल्पा, फागुन १

तिनाउँ गाउँपालिका –६, मस्याम (चिदिस) पाल्पामा जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

लु १ ज २३७१ नम्बरको जिप सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गर्दा दुर्घटनामा परेकाे हाे । डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको जीपमा रहेकाहरूकाे स्थानीयले उद्दार गरेका हुन् । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए ।
घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।
























