तनहुँमा एक अर्ब ५४ करोड बिकास बजेट फ्रिज
तनहुँ जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै एक अर्ब ५४ करोड रुपैयाँ विकास बजेट फ्रिज भएको छ । सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित विकास बजेट फ्रिज भएको हो।

सङ्घको २७ प्रतिशत र प्रदेशको १७ प्रतिशत विकास बजेट खर्च हुन नसकेर राज्य कोषमै फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख विनोद भट्टराईले बताए ।
जिल्लामा सङ्घीय सरकारको बजेटबाट एक अर्ब सात करोड ८८ लाख २५ हजार १३ रुपैयाँ र प्रदेश सरकारबाट ४६ करोड ४७ हजार छ सय १३ गरी एक अर्ब ५३ करोड ८८ लाख ७३ हजार छ सय २६ रुपैयाँ फ्रिज भएको हो ।

आर्थिक वर्ष ०८०/०८१ मा सङ्घीय कार्यालय मार्फत तनहुँ जिल्लामा चालुतर्फ नौ अर्ब २८ करोड ५३ तीन हजार पाँच सय १६ र पुँजीगततर्फ तीन अर्ब ९१ करोड एक लाख ७७ हजार तीन सय ९९ रुपियाँ बजेट विनियोजन भएको थियो । सो मध्ये चालुतर्फ आठ अर्ब ५२ करोड आठ लाख १९ हजार छ । सय ३३ दशमलव ४६ प्रतिशत अर्थात् ९१ दशमलव सात प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ ७२.४२ प्रतिशत अर्थात् दुई अर्ब ८३ करोड २२ लाख ५२ हजार तीन सय ८६ दशमलव २४ प्रतिशत रकम खर्च भएको छ ।
यस्तै गण्डकी प्रदेश सरकारको विकास बजेट भने सङ्घ सरकारको भन्दा दश प्रतिशत बढी खर्च भएको छ । प्रदेशको ८२.७१ बजेट अर्थात् झण्डै १७ फ्रिज भएको छ ।
पुँजीगत तर्फ दुई अर्ब ६६ करोड १३ लाख ९६ हजार विनियोजन भएकोमा दुई अर्ब २० करोड १३ लाख ४८ हजार तीन सय ८७ दशमलव ५० अर्थात् ८२.८१ प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारको खर्च थोरै भएको छ । चालुमा ८७ करोड ३८ लाख ५९ हजार नौ सय ८० रुपियाँ विनियोजन भएकोमा १२ करोड ८७ लाख २७ हजार सात सय ९३ दशमलव ५८ प्रतिशत अर्थात् १४ दशमलव ७३ प्रतिशत खर्च भएको छ ।
























