बेवारिसे बिरामी पुरूषकाे दमाैली अस्पतालमा निधन , आफन्तकाे खाेजी

बेवारिसे बिरामी पुरूषकाे दमाैली अस्पतालमा निधन , आफन्तकाे खाेजी


जिल्ला प्रहरी कार्यालय तनहुँले एकजना बिरामी बेवारिसे पुरूषलाइ दमाैली अस्पतालमा भर्ना गरेकोमा उनको निधन भएको छ ।
व्यास नगरपालिका वडा नं. ४ स्थित बजाज सोरुम अगाडी फेला पारेर ल्याएकाे उक्त युवाको दमाैली अस्पतालमा उपचारको क्रममा दिउँसो निधन भएको बताइएको छ । अस्पतालमा निधन भएका करिब ३०/३५ वर्षका जस्ता देखिने उनको हालसम्म नामथर वतन नखुलेको प्रहरीले बताएको छ । गहुँगोरो , दुब्लो शरिर, घाटीमा बिच्छीको ट्याटु खोपेको, कानमा टप लगाएको पुरुष व्यक्ती बेवारिसे बिरामी अवस्थामा फेला पारेर उपचारको लागि ल्याउँदा मृत्युु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले मृतक पुरूषकाे आफन्तलाइ सम्पर्कमा आउन आग्रह गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page