छाङ्गकाे झर्लाङ्दी खानेपानी सम्पन्न भए सँगै १ सय ५० घर धुरी लाभान्वित
म्याग्दे गाउँ पालिका वडा नं ४ मा निर्माण गरिएको झरलाङदी खानेपानी आयोजना उद्घाटन गरिएको छ । एक घर एक धारा सहितको झर्लाङ्दी खानेपानी आयोजनाको पुर्व वन मन्त्री एवम् सांसद शंकर भण्डारीले उदघाटन गर्दै खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै गाउँपालिका बासीलाई सुविधा पुग्ने बताएका थिए । गाउँबासीलाई शुद्व खानेपानी उपलब्ध गराउने विषयमा आफू प्रतिवद्ध रहेको सांसद भण्डारीकाे भनाइ थियो ।

म्याग्दे गाउँपालिकाको समपुरक याेजना , विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारको बजेट लगानीमा छाङ्ग डाँडामा रहेका ६ वटा टोल झिरबास , हटिया , गैरा , चाेक्रे , तारन्थाेक र घ्यानथाेक
गरि १५० घरधुरीका लागि एक घर एक धारा सहितको नयाँ लिफ्ट खानेपानी आयोजना सम्पन्न भएको हाे।

आर्थिक वर्ष ०७९ / ०८० मा २० लाख बजेट गण्डकी प्रदेश बाट परेको र त्यसले ट्याङ्की निर्माण गरेको वडा अध्यक्ष दिपक श्रेष्ठले बताए । यस्तै ०८०/०८१ मा ५० लाख परेको र फेरि अर्को शिर्षकमा १५ लाख गरि ६५ लाख बाट काम अन्तिम चरणमा रहेको बेला जिआइ पाइप लगायतको सामाग्री सांसद शंकर भण्डारी ले व्यवस्था गरेपछि काम सम्पन्न भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका पुर्व आर्थिक मामिला मन्त्री जितप्रकाश आले, पुर्व आन्तरिक मामिला मन्त्री दोबाटे बि क , म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , ऋषिङ गाउँ पालिका अध्यक्ष एवं काङ्ग्रेस जिल्ला उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ , तनहुँ काङ्ग्रेसका उपसभापति देवकुमार श्रेष्ठ , काङ्ग्रेस महासमिति सदस्य द्वय प्रा डा कृष्णप्रसाद गौतम र माया देवी राना, म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे लगायत विभिन्न पार्टीका नेता तथा जनप्रतिनिधि र स्थानीय उपभोक्ताहरुले बाेलेका थिए ।
२०६६/०६७ देखि अत्यन्त सिमित मात्रामा लिफ्टिङबाट खानेपानी उपलब्ध गराउँदै आएको झर्लाङ्दी खानेपानी आयोजनाको अघिल्लो र यस बर्ष गरि करिब ९५ लाखको लागतमा हालै सम्पन्न नयाँ लिफ्ट खानेपानी योजना बमोजिम एक घर एक धारा कार्यक्रम बाट पुस्तौं अघि देखिको खानेपानी समस्या समाधान भएको म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
झरलाङ्दी खानेपानीका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्देका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी ,गापा प्रवक्ता मणिभद्र वाग्ले , जिल्ला समन्वय सदस्य पानकुमारी खाण , छाङ थर्पु माेटर मार्गका अध्यक्ष नरसिं राना , छाङ गाविस पुर्व सचिव तिर्थराज वाग्ले , ठेकेदार रामचन्द्र पाैडेल , राजु राना लगायतका बक्ताहरूले बाेलेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
























