बन्दिपुरमा प्रहरीको सार्वजनिक सुनुवाईमा नागरिकको गुनासै गुनासो

बन्दिपुरमा प्रहरीको सार्वजनिक सुनुवाईमा नागरिकको गुनासै गुनासो


जिल्ला प्रहरी कार्यालय तनहुँले बन्दिपुरमा गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गुनासै गुनासो गरेका छन् ।
नागरिकहरूले प्रहरीले दिएको सेवा प्रवाह, शान्ति सुरक्षा लगाएतका विषयका कुराहरुको उठान गरेका छन् । बन्दिपुर पर्यटकीय नगरी भएकाले राती १ बजे सम्म होटल ब्यवसाय संचालन गर्न पाउनु पर्ने, बैध हिसाबले पार्कको ब्यवस्थापन हुनु पर्ने, ट्राफिक चेकजाँचमा ब्यवहारिकता अपनाउनु पर्ने, बन्दिपुर ईलाका प्रहरी कार्यालयबाट मुद्धा सम्बन्धि कार्य गरिनु पर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनु पर्ने लगाएतका माग र गुनासो राखेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले नागरिकले उठाएका प्रश्नहरूकाे बारेमा बाेल्दै पृथ्वी राजमार्ग विस्तारकाे क्रममा खानेपानीलाई पुर्याएकाे क्षतिकाे बारेमा , नागरिकले सडक विस्तारमा आ आफ्नो स्थानबाट सहयोग पु¥याउनुपर्ने बारेमा , प्रहरीकाे व्यवहार सुधार गर्नुपर्ने तथा थप शान्तिसुरक्षाको वातावरण गराउनुपर्ने बारेमा तथा बन्दिपुरमा मुद्दा चल्ने प्रहरी कार्यालय बनाउने बारेमा गम्भीर भएर लाग्ने र सम्बन्धित निकायकाे ध्यानाकर्षण गराउने बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र शाहीले आम नागरिकको सुरक्षाको विषमा प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउँदै कर्तब्य पालनको शिलशिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता ब्यक्त गरेका थिए । एसपी शाहीले नागरिकले प्रहरी प्रति उठाएका प्रश्नहरूकाे हल गर्दै जाने र भविस्यमा कुनै गुनासो नआउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त अवसरमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमायाँ गुरुङ्गले आम नागरिकको सुरक्षाको लागि गाउँपालिकाले प्रहरीसँग सदैव हातेमालो गर्दै अगाढी बढ्ने बताएका थिए । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले प्रहरीले दिएको सेवा प्रवाह, शान्ति सुरक्षा तथा सामाजिक क्षेत्रका कुराहरूमा प्रहरीले काम गरेको पाएको बताए ।

One thought on “बन्दिपुरमा प्रहरीको सार्वजनिक सुनुवाईमा नागरिकको गुनासै गुनासो

  1. बन्दिपुर आफैमा पर्यटकरूको रोजाइ बन्न सफल ठाउ तनहुको ईतिहास बोकेको ठाउ,पर्यटन सङै मनोरञ्जन जोडन्छ।मनोरञ्जन का धेरै माध्यम हुन्छन् ।सबै माध्यम मा पाबन्दी लगाइयो भने पर्यटनको हब कसरी बन्छ। बन्दिपुर बासीको जिज्ञासा को बुदागत रुपमा चित्तबुझ्दो जबाफ आयोजक बाट आएको देखिएन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page