मन्त्री भए पछि पहिलोपटक तनहुँ आउँदै स्वास्थ्यमन्त्री पाैडेल

मन्त्री भए पछि पहिलोपटक तनहुँ आउँदै स्वास्थ्यमन्त्री पाैडेल


मन्त्री भए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल पहिलोपटक गृह जिल्ला तनहुँ आउने भएका छन् । मन्त्री पाैडेल यही साउन २१ गते नेपाली काङ्ग्रेस तनहुँले गर्ने स्वागत तथा बधाई कार्यक्रममा भाग लिन तनहुँ आउन लागेकाे काङ्ग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।

तनहुँमा जन्मिएका नेता मन्त्री बन्न सफल भएकोमा काङ्ग्रेस पार्टी कार्यलय दमाैलीमा बधाई तथा स्वागत कार्यक्रम राखिएको खनालले जानकारी दिए । मन्त्री पौडेललाई स्वागत गर्न तथा बधाई दिन जिल्लाका सबै कांग्रेसका नेता,कार्यकर्ता , जनप्रतिनिधी एवम् भातृ संगठन लाई निमन्त्रणा गरिएको उनलेे बताए ।
यस्तै मन्त्री पौडेलले शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा यही साउन २१ गते देखि हुने शिव महिमा बोलबम धार्मिक महोत्सव कार्यक्रमकाे समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

श्री शुक्लागण्डकी मुक्तिनाथ च्यवनधामको आयोजनामा साउन २१ देखि २८ गते सम्म हुने धार्मिक महोत्सवको मन्त्री पाैडेलले उद्घाटन गर्ने स्थानीय युवा त्रिलाेचन लम्सालले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page