सरस्वती बिद्यालय बन्दिपुर द्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा दाता सम्मान !
तनहुको बन्दिपुर गाउपालिका -३ स्थित श्री सरस्वती आधारभुत बिध्यालयले बिद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री पोशाक बितरण तथा दाता सम्मान कार्यक्रम गरेको छ ।
बिद्यालयकी प्रध्यानध्यापक सरस्वती भट्टराई को विशेष पहलमा समाजसेबी टेक बहादुर गुरुङ , पदम बहादुर गुरुङ , मनबहादुर गुरुङ , सुनमती गुरुङ र तमु समाज इजराइलले बिद्यालयलाइ नगद एक लाख रुपैया साथै बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक उपलब्ध गराएका थिए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथी बन्दिपुर -३ का वडा अध्यक्ष परमेश्वर भट्टराईले शिक्षाको बिकासबाट मात्र मुलुकको बिकास हुने हुनाले वडाले शिक्षाको बिकासलाई महत्व दिएको बताए । यस बिधालय अत्यन्त रचनात्मक ढंगले अघि बढेकोले यस वडाको समेत गरिमा बढाएको भट्टराईकाे भनाइ थियो । कार्यक्रममा विशिष्ट अतिथी शिक्षासेबि बन्दिपुर क्याम्पसका क्याम्पस प्रमुख बिक्रम पिया ले बिद्यालय अघि बढ्न समुदाय , अबिभावक सबैको भुमिका उत्तिकै महत्वपूर्ण हुने बताए । प्रध्यानाध्यापकको ब्यवस्थापन शैलीले गर्दा नै यस बिद्यालयले निकै ठूलो प्रगती गरेको पियाले बताए । आफ्नो तर्फ बाट यस बिद्यालयलाई सदैब सहयोग रहने भन्दै उनलेे विभिन्न दाताहरु जुटाएर पुरानो जिर्ण भवन छिट्टै बनाइदिने समेत उनलेे प्रतिबद्धता ब्यक्त गरे ।
बिद्यालयकी प्रध्यानाध्यापक सरस्वती भट्टराईले धन धेरै सँग हुन्छ तर सहयोग गर्ने मन सबै सँग हुदैन भन्दै निम्न आर्थिक अबस्था भएका बिपन्न बिद्यार्थीहरुलाई सहयोग गर्ने सहयोगी मनहरुप्रती बिधालय अति कृतज्ञ रहेको बताइन् । रामकोट बासी दिदी भाइ दाजु बैनी , शिक्षक , बिध्यार्थी , अभिभावक सबैको साथ ,सहयोग र सकारात्मक सोचले बिध्यालय अत्यन्त राम्रो भएको प्रअ भट्टराईकाे भनाइ थियो ।

सो कार्यक्रममा बिद्यालयलाइ सहयोग प्रदान गर्नुहुने समाजसेवी टेकबहादुर गुरुङ , पदम बहादुर गुरुङ , मन बहादुर गुरुङ , सुनमती गुरुङ लाई बिध्यालयले खादा माला सहित सम्मान पत्रले सम्मान गरेको थियो । सोही कार्यक्रममा यस बिद्यालयको शैक्षिक उन्न्नयन र भवन मर्मत समेतमा महत्वपूर्ण भुमिका खेल्नुहुने शिक्षाबिद , समाजसेबी , बन्दिपुर क्याम्पसका क्याम्पस प्रमुख बिक्रम पिया लाई पनि सम्मान स्वरूप सम्मान पत्र प्रदान गरिएको थियो ।

बिध्यालय ब्यवस्थापन समितीका अध्यक्ष खड्क बहादुर थापाले कार्यक्रममा सहभागीहरुलाइ धन्यवाद दिदै बिध्यालयमा शैक्षिक सामाग्री , पुस्तकालय , कार्यक्रम हल , खेलकुद्का सामाग्री, कम्पाउण्ड लगाएत धेरै भौतीक सम्रचना निर्माण गर्न आवस्यक रहेको बताए । त्यसको लागि बिध्यालय ब्यवस्थापन समिती दिनरात लागिपरेको थापाको भनाइ छ ।
यस अघि पनि बिद्यालयकी प्रध्यानाध्यापक सरस्वती भट्टराईको पहलमा बिध्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री , खेलकुदका सामाग्री , झोला तथा पोशाक बितरण गरिएको थियो । गत जेस्ठमा यस भेगमा हुरिले गाउका धेरै घरको छानो र बिध्यालयको टिन उडाए पछि बिध्यालय मर्मत गर्न केही शिक्षिका लाई धुरिमा चढन र केही तल बसेर पुरानै टिन पुग्न दिने निर्णय गरेपछि यश बिधालयका मेडमहरु धुरी चढेको फोटो र समाचार एकाएक भाइरल भएको थियो ।
























