नयाँ एसपीकाे पहिलो एक्सन – ८ हजार नगद सहित जुवाखालबाट ५ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाही तनहुँमा हाजिर भएको १० दिन पुरा भएको छ । १० दिनमा उनलेे ५ वटा विभिन्न संघसंस्थाले आयाेजना गरेको स्वागत कार्यक्रममा माला तथा खादा लगाउनमा बिताए ।

उनलेे अहिलेसम्म तनहुँ उद्योग बाणिज्य संघ , ठकुरी समाज , आदिवासी जनजाति महासंघ तथा बन पैदावर लगायतका कार्यक्रममा भाग लिएका छन् ।

यसैबिच आइतबार प्रहरीले व्यास ४ दमाैलीबाट तास खेलिरहेको अवस्थामा ८ हजार नगद सहित ५ जनालाई पक्राउ गरेको छ । ८ हजार रूपयाँ ५ जना तास खेल्ने व्यक्तिहरूबाट समातिनु न्यून रकम देखिन्छ । तथापि अन्य विस्तृत कुराहरू प्रहरी अनुसन्धानले पक्कै देखाउला ।
प्रहरी प्रमुख शाहीले केही दिन अगाडि मात्रै जिल्लाको शान्ति सुरक्षा, लागु औषध तथा जुवातास नियन्त्रण गरि अमनयचन कायम गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको बताएका थिए ।
























