बन कार्यालयका बिचाैलियाले मुद्दा मिलाउन भन्दै मागेको भनेको दुई लाख के हाे ?

बन कार्यालयका बिचाैलियाले मुद्दा मिलाउन भन्दै मागेको भनेको दुई लाख के हाे ?
Oplus_0

अबैध चिरान काठसहित अघिल्लो मंगलबार तनहुँ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी डिभिजन बन कार्यालयलाई बुझायाे । पक्राउ पर्नेमा जिल्लाको घिरिङ गाउँपालिका–५ बस्ने बर्ष २५ का अबिबहादुर राना रहेका थिए ।
व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी सडक खण्डमा प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त काठ बरामद गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका थिए । ग १ त ४२४१ नंम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको अवस्थामा एक सय बीस थान चिलाउने चिरान काठ भेटिएको थियो ।
प्रहरी तथा डिभिजन बन कार्यालयले अबैध रूपमा ल्याएको चिलाउनेकाे काठ पक्राउ परेको भनिएको घटनाको स्थानीयले भने गरिव माथि अन्याय भएको बताएका छन् ।

गाउँ को एक गरिब सुकुम्बासी ब्यक्ती ले बन समिती को निर्णय अनुसार आफ्नो जिबिकोपार्जन होस भन्ने उद्देश्य ले बाख्रा, कुखुरा को खोर बनाउन काटिएको चिलाउने प्रती यति धेरै कानुन ? मुल्यवान काठ हरु कति तस्कर भएका छन । ती सबै समातिएका छन? तिनै ब्यक्ती हरु ले हुर्काएको बन समिती को निर्णय अनुसार काट्दा पनि समातिने कानुन के अब यो देश गरिब हरु को लागि हैन ? सुकुम्बासी जनता को साथ कस्ले दिने ? स्थानीय सुवास पन्तले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
एउटा सुकुम्बासीले एस .ओ .एस बालग्राम
संस्थाबाट बाख्राको खोर बनाउन भनेर गरेको सहयोग बाट चिलाउने को काठ चिराउँदा समातिनुपर्ने? उसले सामुदायिक वनको बिल काटेको, अलिक पैसावाला भएको भए समातिन्थ्यो होला? मानवता भन्ने कुरा केही हुन्छ कि हुँदैन? गरिब सधैँ गरिब हुनुपर्ने ? व्यास १३ का वडा अध्यक्ष बसन्त थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । यस्तो अवस्थाकाे मानिस हाे भनेर अनुरोध गर्दापनी नछाेडिएकाे अध्यक्ष थापाले बताए ।

यस्तै सामुदायिक बनका सचिव रवीन्द्र तिवारीले प्रक्रिया पुर्याएर सामान्य गरीबलाई चिलाउनेकाे काठ काट्न दिएपनी बन कार्यालयले याे महिनामा पाइँदैन भन्दै समातेको र अनुरोध गर्दापनि दुख दिइएको बताए ।
यता स्थानीयले भने बन कार्यालयका कर्मचारीले बिचाैलिया लगाएर दुई लाख रूपयाँ मागेको आराेप लगाएका छन् । एकजनाले म याे केस मिलाइदिन्छु दुई लाख रूपयाँ मिलाइदिनु भनेका थिए , पैसा भए मुद्दा चल्दैन भने , मैले अन्य व्यक्तिहरू सँग पनि सल्लाह गर्छु भनेँ उनले नाम नबताउने सर्तमा भने । तर पछि हामीले पैसा दिएनाैँ ।

यता पैसा मागेको बिषयमा डिभिजन बन कार्यालयका सुचना अधिकारी राजकुमार श्रेष्ठ सँग सम्पर्क गर्दा यस किसिमको हल्ला आफुले पनि सुनेकाे भन्दै हल्ला निराधार भएको र यसमा बन कार्यालयका कर्मचारी कसैको पनि संलग्नता नरहेको बताए । प्रहरीले समातेर डिभिजन लाई बुझाएको भन्दै श्रेष्ठले मान्छे बुधबार छुटेको तर मुद्दा फाइनल नहुँदासम्म गाडी भने भित्रै रहने बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page