थर्पुमा भएको महायज्ञमा दानबिरकाे घुइँचो बढ्दै , चाैँथाे दिनसम्ममा १७ लाख भन्दा बढी दान संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दानबिरहरूकाे घुइँचो बढ्दै गएको छ । महायज्ञकाे चाैंथाे दिन ३० गते सम्ममा १७ लाख ३२ हजार ५ सय ७४ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे चाैंथाे दिन बुधबार मात्रै ५ लाख ७८ हजार ७ सय १ रूपयाँ दान सहयोग संकलन भएको हाे ।


महायज्ञमा बुधबार सबैभन्दा धेरै म्याग्दे ७ रानीश्वाराका भक्तबहादुर थापाले १ लाख १ हजार १ सय ५ रूपयाँ दान सहयोग गरेका छन् ।

यस्तै कृष्णकुमार श्रेष्ठ म्याग्दे ४ बाट ५५ हजार ५ सय ५५ , राजकुमारी गाेशली पाेखराबाट ३५ हजार , बाेधराज अधिकारी म्याग्दे ४ बाट २५ हजार १ सय २५ रूपयाँ सहयोग गरेका छन् ।
यस्तै महायज्ञमा खिलकुमारी शाही म्याग्दे ७ बाट १० हजार १ सय ५ , देवीप्रसाद श्रेष्ठ म्याग्दे ४ बाट १० हजार १ सय २५ , बिकास अधिकारी म्याग्दे ७ बाट ११ हजार ५ सय ५५ , माया थापा म्याग्दे ४ बाट ११ हजार ५ सय ५५ , माेहन कुमारी आले म्याग्दे ४ बाट १० हजार १ सय १० , छङ्गेली नेवा खल दमाैलीबाट ११ हजार ५ सय ५५ , तेजकुमार मल्ल पाेखराबाट १० हजार १ सय ५ , तुलसी राना म्याग्दे ७ बाट १० हजार ५ सय , रामराज शाही म्याग्दे ७ बाट ५ हजार ५ सय ५५ , यमकुमारी शाही म्याग्दे ७ बाट ५ हजार ५ सय ५ , हरिबहादुर थापा म्याग्दे ४ बाट ५ हजार ६ सय ६ , फुलमाया थापा म्याग्दे ७ बाट ७ हजार १ सय ११ , तिलकुमारी थापा म्याग्दे ७ बाट ५ हजार १ सय ५ , दिपक राना म्याग्दे ४ बाट ५ हजार ५५ , नारायण शाही म्याग्दे ३ बाट ५ हजार १ सय ५ रूपयां दान सहयोग प्रदान गरिएको छ ।
यस्तै हरिप्रसाद अर्याल म्याग्दे ७ बाट ५ हजार ५ सय ५५ , श्यामकृष्ण मल्ल शुक्लागण्डकी बाट ५ हजार २५ , हर्षनारायण मल्ल शुक्ला ४ बाट ७ हजार ५ सय , यमनारायण मल्ल शुक्ला ४ बाट ५ हजार १ सय ५५ , नारायणेश्वर सत्संग म्याग्दे ३ बाट ५ हजार ५ , महिला जागरण आमा समूह म्याग्दे ३ बाट ५ हजार ५ सय ५५ , डिलमान श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार ७० , पसले सिद्धेश्वर शिव पञ्चायन मन्दिर म्याग्दे ३ बाट ५ हजार ५ , गाैरीसंकर मन्दिर म्याग्दे २ बाट ५ हजार ५ , मित्रबहादुर श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , मिलिजुली आमा समूह म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , बेलीमाया श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार १ सय ५५ , राजु श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , मननारायण श्रेष्ठ ब्यास २ बाट ६ हजार ६ सय ६६ , ज्याेति प्रसाद श्रेष्ठ म्याग्दे ३ बाट ५ हजार १ सय १५ , नारायण कर्माचार्य म्याग्दे ४ बाट ५ हजार १० , नारायण मल्ल व्यास २ बाट ५ हजार १ सय ५५ , धयेरे समाज आमा समूह म्याग्दे ३ बाट ६ हजार ५ सय ३५ , म्याग्दे गापा वडा नं ३ परिवार बाट १० हजार ५ सय ५५ , बालचन्द्र घिमिरे म्याग्दे ३ बाट ५ हजार ५ सय ५५ , प्रकाश घिमिरे म्याग्दे ३ बाट १० हजार ५ सय ५५ , रमेशबहादुर थापा म्याग्दे ४ बाट ५ हजार ५ , बेलीमाया श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार १ सय ५ , देउनारायण श्रेष्ठ म्याग्दे ४ बाट ५ हजार ५ सय ७५ , देउकुमारी मल्ल म्याग्दे ४ बाट ५ हजार ५५ र अकला आमा समूह म्याग्दे ३ बाट ५ हजार ५ रूपया दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको हाे ।
श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको छ ।
महायज्ञमा हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी , वेदपाठ , रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार , वेलपत्र अर्पण , ग्रहशान्ति पुजा , चाैरासी पुजा , अन्नदान , भुमिदान , ब्राह्मण भाेजन सहित पितृकाे फाेटाे राखी पितृ तर्पण तुलादान , विवाह , व्रतवन्ध , गुन्युचाेली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिने कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए
यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महायज्ञमा रू १ देखि ४ सय ९९ सम्म दान दिने भक्तजनकाे रकम दानपत्रमा राख्ने , ५ सय देखि नगदी रसिद प्रसाद सहित नाम वाचन गरिने , १ हजार देखि सहयोग प्रदान गर्ने भक्तजनलाइ फुल टीका प्रसाद प्रदान , २ हजार देखि यज्ञ मण्डपमा बाेलाइ टीका प्रसाद प्रदान , ५ हजार देखि सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने आयाेजकले जनाएको छ ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइने छ ।
यस्तै महायज्ञ अवधिभर सामुहिक व्रतवन्ध , तुलादान , चाैरासी पुजा , गुन्युचाेली सहित अन्य शुभकार्य गर्न सकिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।
बुधबारकाे महायज्ञमा म्याग्दे ३ का वडाअध्यक्ष टुकराज अधिकारी , ४ का अध्यक्ष दिपक श्रेष्ठ , कार्यपालिका सदस्यहरू जानकी थापा , बद्रीका भट्टराई घिमिरे , वडा सदस्यहरू प्रकाश घिमिरे , बालचन्द्र घिमिरे लगायतको सहभागीता रहेको थियो ।
महायज्ञमा तिर्थनारायण मल्लले ४० वटा टिसर्ट सहयोग गरेका छन् । मल्लले १० हजार मुल्य बराबरको टिसर्टमा मन्दिरकाे नाम लेखेर प्रिन्ट गरि सचिवालयमा रहेका भाेलेन्टियरहरू लाई बितरण गरेको सहयोगी तिर्थ नारायण मल्लले जानकारी दिए ।
























