छाब्दी जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगियो

छाब्दी जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगियो

तनहुँको सदरमुकाम दमौलीबाट मंगलबार बिहान प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिर जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जाेगिएकाे छ । ग १ ख ३८२३ नम्बरको बस व्यास नगरपालिका–१२ गहुँडाको पहरा नजिक दुर्घटना हुनबाट जोगिएको हाे । बस सडकदेखि तल चिप्लिएपनि दुर्घटना हुनबाट जोगिदाँ मानवीय तथा अन्य क्षति भने भएको छैन् ।

धार्मिक पर्यटकीय मार्ग भएको र सडकको दायाँबायाँ झाडी भएकोले दुर्घटनाको जाेखिम बढेको भन्दै स्थानीयले झाडि सफा गर्न माग गरेका छन् । साथै ४० फुटे बाटो कायम भए पनि लगतकट्टा नभएकोले त्यसतर्फ पनि स्थानीय सरकारकाे ध्यानाकर्षण गराएका छन् ।फाेटाे – सामाजिक सञ्जाल

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page