” मलाई त अब त्यही केटा चाहियो ” तीज गीत सार्वजनिक
नेपाली नारीहरूकाे महानपर्व हरितालिका तीजको अवसर पारी चर्चित कलाकार बावुल गिरीले नयाँ तीजको गीत बजारमा ल्याएका छन् । गिरीले ” मलाई त अब त्यही केटा चाहियो ” बाेलकाे तीज गीत बजारमा ल्याएका हुन् ।
चर्चित गायीका रचना रिमालको आवाजमा रहेको उक्त गितमा सरोज गौतमकाे शब्द अनि स्वयं गिरीकाे सङ्गित रहेको छ । यस्तै सागर बुर्जाको निर्देशनमा तयार भएको गीतमा नव कलाकार मोनिका बुढाथोकी र रामहरी खड्काको नृत्यात्मक अभिनय रहेको छ ।

























