भदौ २९ गते थर्पुमा मगर संस्कृतिमा आधारित चलचित्र ” दिलसरा ” प्रदर्शन गरिने
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यही भदौ २९ गते म्याग्दे गाउँपालिकाकाे शभाहलमा प्रदर्शन गरिने भएको छ । विभिन्न जिल्लामा प्रर्दशन गर्ने तयारी सँगै यही भदौ २९ गते गापाकाे शभाहलमा मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको ‘दिलसरा’को ११ बजेवाट प्रदर्शन गरिने भएको हाे । तनहुँ सँगै बुटवलको मिलनचोक, र पाल्पाको रामपुरमा समेत उक्त चलचित्रको प्रर्दशन गर्न लागिएको बताइएको छ ।

मगर संसार फोटो ग्यालरीको आयोजनामा आपतकालिन मगर संसार राहतकोषमा सहयोगार्थ फिल्म प्रर्दशन गर्न लागिएकाे हाे ।
नेपाली भाषामा निर्मित मगर समुदायमा आधारित चलचित्र ‘दिलसरा’ नारी प्रधान चलचित्र रहेकाले सबैलाई चलचित्र हेर्न आउन निर्माण पक्षले आग्रह गरेकाे छ ।
यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ ।

‘मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् । चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण रानाम मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।
























