गायिका रिता श्रेष्ठको हातैमा चुरा छन् छन् गीत सार्वजनिक
गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन् छन् ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्दमा रहेको छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ ।

गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेकाे भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय रहेको छ ।

























