डुम्रेमा तीज कार्यक्रम सम्पन्न
महिलाहरुको महान चाड हरितालिका तीजकाे अवसरमा सुक्रवार डुम्रे बजारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष झैं यस वर्ष पनि आयोजित कार्यक्रममा राष्ट्रिय कलाकार बिमता घर्ती मगर र मैना रेशमी मगरका साथै अन्य स्थानीय कलाकारकाे प्रस्तुतिले ठुलो संख्यामा उपस्थित दर्शकले भरपुर मनाेरञ्जन लिएका थिए ।

डुम्रे साँस्कृतिक एवं सामाजिक विकास संरक्षण समितिकाे आयाेजना, हरिहर महिला समूहकाे संयाेजन तथा बन्दिपुर गाउँपालिकाकाे संरक्षकत्वमा आयाेजना गरिएकाे कार्यक्रममा राष्ट्रिय कलाकारहरु विनिता घर्ती मगर र मैना रेश्मी मगरकाे बेजोड प्रस्तुति रहेको हरिहर महिला समूहकि सरिता पियाले जानकारी दिइन् ।
संरक्षण समितिका अध्यक्ष घनश्याम श्रेष्ठ देवानकाे सभापतित्वमा भएकाे कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष सुरेन्द्र थापाकाे प्रमुख आतिथ्यता रहेकाे उद्योग वाणिज्य संघ डुम्रे ईकाइका सचिव महेन्द्र शाहीले जानकारी दिए ।
कार्यक्रममा तनहुँ, लमजुङ , गाेर्खा लगाएतका जिल्लाबाट ठुलो संख्यामा दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।

























