निजामती दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै , तनहुँबाट निल ( नामावली सहित )

निजामती दिवसमा ४० कर्मचारी पुरस्कृत हुँदै , तनहुँबाट निल ( नामावली सहित )
Oplus_0
Oplus_0


आज २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ ।२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हाे ।दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ ।दिवसको अवसरमा कर्मचारीलाई पुरस्कृत गर्ने गरिएकोमा यसअघिका ७ वर्षमा जस्तै यसवर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेन ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा त्योभन्दा बढी अवधि सेवा गरेको, पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क पाएको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नभोगेको र पुरस्कारको लागि सिफारिस हुने वर्षमा व्यक्तिगत बेरुजु कायम नदेखिएको हुुनपर्छ ।

यस्तै नियमित रुपमा सम्पत्ति विवरण पेस गरेको, सम्बन्धित वर्ष र त्यसको अघिल्लो वर्षमा अध्ययन बिदा नलिएको, पछिल्लो पाँच वर्षभित्र गयल कट्टीमा नपरेकोसहित प्रशासनिक बेरुजु नदेखिएको र प्रचलित कानूनबमोजिम बरबुझारथ गरेको हुनुपर्ने मापदण्ड छ ।

यो वर्ष पनि सर्वोत्कृष्टको न्युनतम् मापदण्डहरु पुरा भएका कोही पनि कर्मचरीको नाम सिफारिस नभएको छनोट समितिले जनाएको छ । सर्वोत्कृष्ट कर्मचारी नभेटिए पनि सरकारले यस वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्दैछ । पुरस्कृत हुने मध्ये तनहुँबाट भने निल भएको छ । तनहुँका काेहिपनि पुरस्कार पाउनेमा छनाेट हुन सकेनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page